TodayPati

प्रदेश २ : मलमा कालोबजारी गरेर पक्राउ परेका व्यापार धरौटी तिर्न नसक्दा जेल चलान

टुडेपाटी-
रौतहट, साउन ११ गते ।

रौतहटमा रासायनिक मल कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यापारी धरौटी तिर्न नसक्दा जेल चलान भएका छन् । कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरबाट सहुलियतमा लिएको मल बढी मूल्यमा विक्री गरेको आरोपमा राहुल खाद्य उद्योगका सञ्चालक सत्यलाल साह जेल चलान भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय रौतहटले मागेको धरौटी बुझाउन नसक्दा जेल चलान भएको प्रहरीले जानकारी दिएको छ । ३ ओटा सहकारी संस्थासँग मिलेर अनुदानमा आएको रासायनिक मल बढी मूल्यमा विक्री गरेको आरोपमा प्रहरीले साहलाई गएको असार १२ गते पक्राउ गरेको थियो ।

Sponsored

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार कृषि सामग्री कम्पनी चन्द्रनिगाहपुरका प्रमुख रविकुमार केशरी र वडा नम्बर १ का वडाध्यक्ष वीरबहादुर रखालसहित २५ जनामाथि कालोबजारीको मुद्दा चलाइएका छ । मुद्दा चलाइएका साहबाहेक अन्य सबै फरार रहेको प्रहरीको भनाइ छ ।

सृजनशील कृषि सहकारी, बागमती बचत तथा ऋण सहकारी र उन्नतीशील महिला कृषि सहकारीका नाममा प्रतिबोरा रू. ७०० मा खरीद गरी रू. १ हजार ७०० देखि रू. २ हजार २०० सम्ममा मल विक्री गरेको उजुरी परेको थियो । ३ ओटै सहकारीलाई अनुदानको मल दिन वडाध्यक्ष रखालले कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरलाई सिफारिस गरेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *