सर्लाहीमा हिजो दिउँसोदेखि बेपत्ता दुई बालिका पोखरीमा मृत भेटिए, प्रहरी अनुसन्धानमा जुट्यो
टुडेपाटी-
सर्लाही, साउन ११ गते ।
सर्लाहीमा शनिवार दिउँसोबाट बेपत्ता भएकी दुइ बालिका पोखरीमा मृत अवस्थामा भेटिएकी छन् ।
बाख्रा चराउन गएकी ईश्वरपुर नगरपालिका १४ हरकठवा बस्ने रामपृत महतोको १३ वर्षीया छोरी अन्जली कुमारी महतो र सोही ठाउँका आनन्द महतोकी १० वर्षीया छोरी आरती कुमारी महतो पोखरीमा मृत फेला परेका हुन् ।
उनीहरु शनिबार बिहान १० बजेतिर बाख्रा चराउन गएका थिए । साँझसम्म दुवै घर नफर्किएपछि आफन्तहरुले खोजी सुरु गरेका थिए । खोजतलासको क्रममा स्थानीय प्रकाश महतोको नयाँ खन्दै गरेको पोखरीमा दुवै जनाको शव फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
दुवै बालिकाको कपडा र चप्पल पोखरी छेउमा भेटिएको उनले बताए । उनीहरु आफै डुबेको वा कसैले हत्या गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको उनले जनाए ।
Sponsored
दुवै बालिकाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल मलंगवामा राखि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता कुँवरको भनाइ छ ।