मृतक अमरजीतको परिवारलाई मानव कल्याण मञ्चको सहयोग
टुडेपाटी-
जनकपुरधाम, माघ ६ गते ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका –२४ निवासी स्वर्गीय अमरजीत मण्डलको परिवारलाई हरि मानव कल्याण मञ्चले सिलाई मेसिनसँगै आर्थिक सहयोग गरेको छ ।
आर्थिक अवस्थामा सुधार एवं आत्मनिर्भर बनाउने उद्देश्यले मञ्चले स्वर्गीय मण्डलकी श्रीमतीलाई १४ हजार १ सय रुपैयाँको सिलाई मेसिन र ५ हजार ३ सय ५१ रुपैयाँ नगद एकमुष्ट सहयोग प्रदान गरेको हो ।
परिवारको आर्थिक अवस्थामा सुधार आउने र आत्मनिर्भर बन्ने विश्वाससहित सहयोग प्रदान गरेको मञ्चका अध्यक्ष दिपक श्रेष्ठ मण्डलले जानकारी दिए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका यस्ता पुनीत कार्यले समाजमा एकता, सहकार्य र सहानुभूतिको भावना विकास गराउने धारणा मञ्चले व्यक्त गरेको छ ।
Sponsored