बाल उद्यान निर्माणमा सहयोग गर्ने शिक्षामन्त्री पोखरेलको प्रतिवद्धता
टुडेपाटी-
महोत्तरी, साउन ११ गते
जनसहयोगी युवा सञ्जाल बर्दिबास महोत्तरीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसंग विद्यालयमा निर्माणमा साथ र सहयोगको अपेक्षा गरेका छन् । ‘विद्यालय निर्माण, तपाईं हाम्रो अभियान’ भन्ने नाराका साथ महोत्तरीको बर्दिबास—९ स्थित पशुपतिनगरमा रहेको राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा सञ्जालले बालउद्यान निर्माण गरिरहेको छ । परियोजनालाई सम्पन्न गर्न सञ्जालले मन्त्री पोखरेललाई अनुरोध पत्र बुझाएका छन् ।
उद्यान निर्माणमा आर्थिक सहयोग गरि दिन सञ्जालका अध्यक्ष परमेश्वर महतोले परियोजनाको प्रगतिप्रतिवेदन सहित सहयोगका लागि अनुरोधपत्र बुझाएका हुन् ।
गत असार ३ गतेदेखि निरन्तर युवाहरु मिलेर बालबालिकाहरुका लागि चिड्रेन पार्क निर्माण गरिरहेका छन् । लकडाउनलाई अवसरमा नयाँ उपहार दिन सञ्जालले ५० लाखको लागतमा बालउद्यान निर्माण गरिरहेका हुन् ।
‘तपाईंहरु अभियन्ता हुनुहन्छ, जहाँ लाग्नु हुन्छ त्यहाँ परिवर्तन हुन्छ,’शिक्षा मन्त्रीले सञ्जालको अनुरोध पत्र बुझ्दैं भने,‘थप छलफल गरेर गर्नु पर्ने सहयोग गर्छु ।’ युवा सञ्जालले शिक्षा क्षेत्रको विकासका लागि गरिरहेको काममा भरपुर सहयोग गर्ने मन्त्री पोखरेलले दिएको वचनले युवाहरु हौसिएका छन् ।
जनस्तरबाट सहयोग संकलन गरे सञ्जालले निर्माण गरिरहेको उद्यान निर्माणको करिब ४० प्रतिशत काम पुरा भएको छ ।