TodayPati

कोरोना महामारीबीच जनकपुरमा मेला, प्रहरीलाई कुनै मतलब छैन

टुडेपाटी-

जनकपुरधाम, साउन १० गते ।

कोरोना भाइरसको महामारीबीच जनकपुरधाममा मेलाको आयोजना गरिएको छ । शनिबार नागपञ्चिमको अवसरमा जनकपुरधामको विषहारा मन्दिरमा मेला लाग्दा पनि प्रहरी प्रशासनले चासो लिएको छैन ।

Sponsored

जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाकै छेउमा मेलाको आयोजना गरिएको थियो । सयौँको संख्यामा मेला हेर्ने आएकाहरु विना मास्क निस्केका छन् ।

नेपाल सरकारले लकडाउन खोले पनि भिडभाड नगर्न भनेको अवस्था छ । कोरोना भाइरसको महामारीको जोखिमलाई ख्याल नगरी मेलाको आयोजना गरिएको देखिएको छ ।

प्रादेशिक अस्पताल जनकपुर अन्तर्गतको कोभिड १९ विशेष अस्पताल जनकपुरका प्रमुख डा. जामुन सिंहले अहिले कोरोना भाइरस गम्भिर बन्दै गइरहेको समय सर्वसाधारणले वेवास्ता गरेको जानकारी दिए ।

Sponsored

‘अब कोरोनाको गम्भीर रोगीहरु आइरहेको समय सर्वसाधारण विना मास्क बाहिर आउने गरेका छन् । उनीहरुको नजरमा कोरोना गइसकेको छ,’ उनले भने ।

यता धनुषाका प्रमुख जिल्ला अधिकार कोषहरि निरौलाले आफुलाई अहिले थाहा भएको यसलाई बन्द गराउन प्रहरीलाई भनेको सीडीओ निरौलाले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *