पत्रकार बृजकुमार यादवमाथि योग शिविरको पर्खाल र गेट भत्काएको आरोप
जनकपुरधाम, असार २७ गते ।
जनकपुरधामको गुठीको जग्गामाथि भूमाफियाहरुको आँखा परेको कुुरो सामान्य भइसकेको छ । भूमाफियाहरुकै कारण जनकपुरधाममा रहेको गुठीका कयौं बिघा जग्गा लोप भइसकेको वा लोप हुने कगारमा रहेको छ । यसै क्रममा जनकपुरधाममा गुठीको नाउँमा रहेको एक योग शिविरको जग्गामा बनाइएको सेडको पर्खाल एक समुहले भत्काएको छ । जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर ८ बृहत्तर जनकपुर क्षेत्र बिकास परिषदको ठीक सामुन्ने रहेको अगाडी पोखरीको डीलमा रहेको गुठीको जग्गा लिजमा लिएर बनाइएको योग शिविरको टहरा तथा पर्खाल सो समूहले भत्काएको हो ।
जनकपुरधाम ८ बृहत्तरको ठीक अगाडी रहेको कपाल मोचनी सरको डीलमै रहेको गुठ्ठीको जग्गामा पहिला दर्जनौ घर परिवार बसोवास गर्दै आई रहेका थिए । सोही जग्गालाई खाली गराएर योग शिविरको नाउँमा सो जग्गा कब्जा गरिएको थियो ।
तत्कालिन बृहत्तर जनकपुर क्षेत्र बिकास परिषदका अध्यक्ष रामकुमार शर्माले गुठीको जग्गा अतिक्रमण मुक्त गर्ने अभियान चलाएका थिए । सोही क्रममा त्यहाँको जग्गा पनि खाली गराइएको थियो । पोखरीको डीलमा रहेको खाली गराइएको जग्गाका कारण अहिले आएर दुईपक्षीय विवादको रुप लिएको छ । विगत केही वर्ष यता सो जग्गा राजर्षिजनक पतञ्जली योग साधना केन्द्रको सेड निर्माण गरी उपभोग गर्दै आई रहेको छ । यो शिविरले उपभोग गर्दै आएको सोही जग्गामा निर्माण गरिएको संरचना अन्तर्गतको पर्खाल र गेट जनकपुर टुडेका सम्पादक बृजकुमार यादवले भत्काएका आरोप लागेको छ ।
जनकपुर टुडेका ं सम्पादक बृजकुमार यादवले हालै खरिद गरेको निजी जग्गाको बाटोको लागि अतिक्रमण गरेको योग शिविर जनकपुरधाम नगरका अध्यक्ष विमल पण्डितले आरोप लगाए । बाटो नै नभएको जग्गा सस्तो भाउ खरिद गरी घर निर्माणको नाममा बलजफ्ती कसैसंग सरसल्लाह नै नगरी पत्रकार यादवले योग शिविर नै अतिक्रमण गरेको आरोप केन्द्रका प्रतिनिधी वीरेन्द्र कुमार यादवले लगाए । उनले गुठी संस्थाको काठमाण्डौँ स्थित केन्द्रिय कार्यालय र जनकपुरधाम स्थित कार्यालयसंग अनुमती लिई योग शिविर निर्माण गरेको र वार्षिक रुपमा सो जग्गा वापतको कर समेत भुक्तानी गर्दै आएको दावी गरे ।
उनले भने पत्रकारीताको आडमा जे पनि गर्न पाईन्छ र ? यो त गुण्डागर्दी हो, हामीसंग सरसल्लाह वा कुनै किसिमको जानकारी नै नगराई योग शिविरको मुल ढोका नै तोडी टहरा भत्काउन खोजिएको छ ।
Sponsored
यता पत्रकार बृजकुमार यादवले आफुहरुले योग शिविर तोडफोड नगरेको दावी गरे । उनले आफुले करिब अढाई वर्षपूर्व नै जग्गा खरिद गरेको र सो जग्गाको दुवै तर्फी बाटो रहेको भन्दै उनले भने– टुडे गु्रपको कार्यालयको लागि सो जग्गा खरिदेको र सो जग्गाको दुई तर्फ बाटो छ । पूर्व तर्फ र पश्चिम तर्फ पनि बाटो छ । त्यसैले आफुले नतोडेको र कसले के गर्यो, त्यो पनि आफुलाई थाहा नरहेको बताए । साभार :डेली एक्सप्रेस