दुई साता नबित्दै फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ
टुडेपाटी-
काठमाडौं, असार २६ गते ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको दुई साता नत्दिै नेपाल आयल निगमले फेरि मूल्य बढाएको छ । शुक्रबार निगमले फेरि पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटरमा एक रुपैयाँले वृद्धि गरेको हो ।
असार १६ गते पनि आयलनिगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
नयाँ मूल्यअनुसार अब काठमाडौंमा पेट्रोल प्रति लिटर १ सय २, डिजेल र मट्टीतेल प्रतिलिटर ८८ रुपैयाँमा बिक्रि वितरण हुने छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् छ ।
निगमको संचालक समितिको शुक्रबार बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । पछिल्लो पटक वृद्धि भएको मूल्य शुक्रबार राती १२ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ ।