TodayPati

भंगहा नगरपालिका ४ मा स्वास्थ्य सेवा इकाई स्थापना

टुडेपाटी
महोत्तरी, माघ २९ गते ।

महोतरीको भंगहा नगरपालिकाको वडा नं. ४ रामनगरविर्तामा आधारभूत स्वास्थ्य सेवा इकाई स्थापना भएको छ । नगरपालिका कार्यालयको ३८ लाख रुपैयाँ लागतमा भवन निर्माण गरि सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको हो ।

सामुदायिक स्वास्थ्य सेवा इकाईको नगरपालिकाका मेयर संजिवकुमार साहले बुधबार एक समारोहबिच उदघाटन गरेका हुन् । वडा नं. ४ का वडाध्यक्ष अशोक महतोको अध्यक्षता तथा मेयर साहको प्रमुख अतिथ्यमा इकाईको उदघान गरिएको हो ।

Sponsored

इकाई उदघाटन गर्दै मेयर साहले नगरबासीलाई नगरपालिकाबाट सबै प्रकारको सेवा सुविधा टोलटोलमै प्रदान गर्ने आफ्नो लक्ष्य रहेको बताए । बाटोघाटो निर्माण मात्र विकास नहुने बताउँदै नागरिक स्वास्थ्य र शिक्षित हुनु विकासको पहिलो आधार रहेको तर्क गरे ।

नगरका जनताको समस्या पहिचान गरी प्रदेश र केन्द्र सरकारसंग समन्वय गरी समेत त्यस तर्फ नगरपालिकाले जोड दिने मेयर साहको भनाइ छ ।

स्थापना गरिएको स्वास्थ्य सेवा इकाईमा एक अनमी र एक जना अहेब रहने तत्काल सेवा प्रदान गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिए ।

Sponsored

नेपाल सरकारको एक वडा एक स्वास्थ्य चौकीको नीति अनुरुप स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका बस्ती तथा समुदायलाई लक्षित गरी सामुदायिक स्वास्थ्य ईकाइ स्थापना गरी रहेको जनाए । वडामै स्वास्थय सेवा इकाई स्थापना भएपछि स्थानीहरु खुसी भएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *