TodayPati

बसको ठक्करबाट नायिका महिमा र उनकी बहिनीको ज्यान गयो

टुडेपाटी-
काठमाडौं, फागुन १ गते ।

बसको ठक्करबाट नेपाली चलचित्रकी नायिका महिमा सिलवाल र उनकी बहिनी ज्यान गएको छ । बुधबार साँझ पौने ६ बजेतिर धादिङको गजुरी–२, चम्बासमा नायिका सिलवाल र उनकी बहिनी सर्मिला सवार स्कुटरलाई विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिँदा दुवैजनाको ज्यान गएको धादिङको गजुरी इलाका प्रहरी कार्यालयले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी २२ वर्षीया महिमाको उपचारका क्रममा गजुरी स्वास्थ्य केन्द्रमा र उनकी बहिनी २० वर्षीया सरु भनिने सर्मिलाको उपचारकै क्रममा काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sponsored

गजुरी इलाका प्रहरी कार्यालयका डीएसपी खगेन्द्रराज खड्काका अनुसार
सिलवाल दिदीबहिनी बा ९८ प ७०५८ नम्बरको स्कुटरमा काठमाडौंबाट आफ्नो घर भरतपुर महानगरपालिका–१२ शिवनगर जाँदै गर्दा भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले स्कुटरलाई ठक्कर दिएको थियो ।

‘कारबाही’ चलचित्रबाट डेब्यु गरेकी नायिका महिमाले अप्रिल फुल, चियर्स, दानव, जिग्लोलगायत चलचित्रमा अभिनय गरेकी थिइन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *