TodayPati

जनयुद्ध दिवसमा धनुषाको सहिद नगरपालिकामा भोली सार्वजनिक विदा

टुडेपाटी –
जनकपुरधाम, माघ २९ गते ।

धनुषाको सहिदनगर नगरपालिकाले बिहीबार सार्वजनिक विदा घोषणा गरेको छ । भोली फागुन १ गते पर्ने तत्कालिन नेकपा माओवादीको १० वर्षे जनयुद्ध दिवसको अवसरमा सहिदनगर नगरपालिकाले विदा घोषणा गरेको हो ।

माघ २७ गतेको नगरपालिकाको निर्णयले फागुन १ गते विदा दिएको बुधबार एक सूचना प्रकाशित गर्दै नगरपालिका निमित प्रमुख प्रशासकीय अधिकृत नन्दकुमार झाले जानकारी गराएका छन् ।
झाले जारी गरेको सार्वजनिक सूचनामा लेखिएको छ ‘महान जनयुद्ध दिवस २०७६ को अवसरमा फागुन १ गते यस नगरपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरुमा सार्वजनिक विदा गरिएको ब्यहोरा सबैमा जानकारी गराइन्छ’

Sponsored

नगरपालिकाले जनयुद्ध दिवसको अवसरमा सबैमा शुभकामाना समेत जारी गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *