TodayPati

सप्तरीमा बालिकालाई रक्सी खुवाई बेहोस पारेर बलात्कार गर्ने मण्डल पक्राउ

रासस-

सप्तरी, असार १ गते ।

सप्तरीमा श्रमिक बालिकालाई रक्सी खुवाई बेहोस पारेर बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

Sponsored

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ का ३७ वर्षीय शिवशङ्कर मण्डललाई प्रहरीले घटनाको १ वर्षपछि पक्राउ गरेको हो ।

सप्तरी जिल्ला प्रहरी कार्यालयका अनुसार अघिल्लो वर्ष असार १८ गते उनले स्थानीय लक्ष्मीबल्लभ नरसिंह माध्यमिक विद्यालयको कोठामा १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । उनी त्यही विद्यालयका कार्यालय सहयोगीसमेत हुन् ।

त्यसपछि फरार उनलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

Sponsored

विद्यालयको नयाँ भवन निर्माणको रेखदेख गर्ने नाम, ठेगाना थाहा नभएको अन्दाजी ३५-४० वर्षीय मुन्सीले बलात्कार गरेको भन्दै पीडितकी आमाले अघिल्लो असार २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

विद्यालय प्रांगणमा निर्माण भइरहेको भवनमा मजदुरी गर्ने बालिकालाई मण्डलले पारिश्रमिक दिने बहानामा अबेर रातिसम्म अल्मलाएर राखेको र रात परेपछि नास्ताका नाममा सर्वत भन्दै झुक्याएर स्प्राइटमा मदिरा मिसाई खुवाएर लठ्याई बलात्कार गरेको पीडितको आरोप छ । 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *