TodayPati

कटुवा पेस्तोल र गोलीसहित रौतहटबाट अन्सारी पक्राउ

टुडेपाटी-

जनकपुरधाम, जेठ ३२ गते ।

रौतहटमा कटुवा पेस्तोल र सोमा लाग्ने २ थान गोलीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।रौतहटको गुजरा नगरपालिका ८ जयराजपुर बस्ने ४० वर्षीय कर्मुल्लाह अन्सारीलाई पक्राउ गरेको हो ।

Sponsored

अन्सारीलाई बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोलीले गुजरा नगरपालिका ८ जयराजपुर बाट बृन्दावन नगरपालिका ६ हर्षाहा तर्फ आउदै गरेको अवस्थामा कटुवा पेस्तोलसहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।

बाग्मती सिंचाई नहरमा चेक प्वाईन्ट राखि चेक जाच गर्ने क्रम्मा प्रहरी टोलीलाई देखेर अन्सारी भाग्न खोज्दा नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल र सोमा लाग्ने २ थान लाईभ राउण्ड गोली बरामद भएको डिएसपी महतोले बताए ।

पेस्तोल र गोलीसहित पक्राउ परेका अन्सारीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *