TodayPati

प्रतापपुर गाउँपालिका अध्यक्षको सवारी दुर्घटनामा मृत्यु

टुडेपाटी-

नवलपरासी, जेठ ३२ गते ।

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

Sponsored

गाउँपालिकाको लु १ झ ३७० नम्बरको सवारी अनियन्त्रित भएर पल्टँदा गम्भीर घाइते भएका उनको उपचारका लागि चिसापानी सामुदायिक अस्पताल चौपत्ता ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको नवलरासीका प्रमुख एसपी अजय केसीले बताए ।

जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन सदरमुकाम जाने क्रममा बर्दघाट–त्रिवेणी सडकखण्डको लक्ष्मीपुरमा दुर्घटना भएको हो ।

दुर्घटनामा गाउँपालिकाका सवारी चालक प्रतापपुर गाउँपालिका ५ का हरिलाल राजभर घाइते भएका छन् ।
मृतक शर्माको शवलाई पोस्टमार्टका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको छ ।

Sponsored

५१ वर्षीय शर्मा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *