धनुषाको बटेश्वरमा रुकुम हत्याकाण्डको विरोध प्रदर्शन
नितेश यादव-
जनकपुरधाम, जेठ २८ गते ।
पश्चिम रुकुमको चौरजहारी हत्याकाण्ड र रुपन्देही घटनाको विरोधमा धनुषाको बटेश्वरमा प्रदर्शन भएको छ । दलित जागरण अभियान बटेश्वरको आयोजनामा बुधबार प्रदर्शन भएको हो ।
दलित जात भएकै कारण नवराज विकसहित ६ जनाको हत्या भएको भन्दै बटेश्वरका दलित अधिकारर्मीहरुले विरोध प्रदर्शन गरेका छन् । त्यसैगरी रुपन्देहीमा केही दिन अगाडि एक दलित महिलाको बलात्कार भएको घटनाको विरोधमा प्रदर्शन गरेका हुन् ।
‘नवराज बिक लगायतको हत्यारालाई फासी दे, नरसंघार मुर्दाबाद, दलितमाथिको विभेद अन्त गर, रंगभेद जातीयविभेदको अन्त गर’ लगायतका प्ले कार्ड सहित सयौं दलितहरुले प्रदर्शन गरेका छन् ।
अभियानका अध्यक्ष अर्सफी पासवानको नेतृत्वमा कोणसभालाई सम्बोधन गर्दै दलित अगुवा नेता जगदिश रबिदासले संविधानमा विभेद मुक्त, छुवाछुत मुक्त, कानूनी अधिकार भएपनि दलितहरुमाथि विभेद भइरहेको विरुद्ध नेपालका ६० लाख दिलितहरुले प्रदर्शन गर्ने बताए । कार्यक्रममा अन्य वक्ताहरुले पनि सम्बोधन गरेका थिए ।
उक्त घट्नाको छानविन गर्न संसदीय विशेष समिति गठन भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय समिति गठन समेत गरिएको हो ।
Sponsored