सुदुरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना पुष्टि
टुडेपाटी-
जनकपुरधाम, जेठ २८ गते ।
सुदुरपश्चिम प्रदेशमा मंगलबार थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ ।
सेती प्रादेशिक अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणमा १० जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नेरेन्द्रसिंह कार्कीले बताए ।
कोभिड–१९ पुष्टि भएका १० जना मध्ये कैलाली धनगढी उपमहानगरपालिका बस्ने वर्ष २८ का १ जना महिला र वर्ष २ को १ जना बालिका, कैलाली टिकापुर नगरपालिका बस्ने वर्ष २३, २४, ३६ र ४० वर्षका पुरुष, कैलाली मोहन्याल गाउँपालिका बस्ने वर्ष १७ को १ जना परुष रहेका छन् ।
त्यसैगरि कञ्चनपुर शुक्लाफाँटा नगरपालिका बस्ने वर्ष २५ को १ जना पुरुष, डडेल्धुरा नवदुर्गा गाउँपालिका बस्ने २२ को १ जना पुरुष र दार्चुला लेकम गाउँपालिका बस्ने वर्ष २६ को १ जना पुरुषमा संक्रमण पुष्टि भएको उनले बताए ।
Sponsored