प्रदेश २ : एम्बुलेन्समा गाँजा तस्करी, तीनजना पक्राउ
टुडेपाटी-
पर्सा, जेठ २८ गते ।
पर्सामा जारी लकडाउनकै क्रममा बिरामी बोक्ने एम्बुलेन्समा लागुऔषध गाँजा तस्करी हुने गरेको पाइएको छ ।
बुधबार बिहान राति एम्बुलेन्सबाट गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको लालबन्दी-१५ का २३ वर्षीय जितबहादुर वाइबा, २२ वर्षीय दिलबहादुर वाइबा र बहुदरमाई-५ का ३२ वर्षीय हरिशंकर महतोलाई पक्राउ गरेको हो ।
ना ४ च ८५९९ नम्बरको अल्पाइन मेडिकल कलेज सिमराको एम्बुलेन्बाट ५६ किलो गाँजा बरामद भएको पर्साका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।
बिहान राति करिब पौने ३ बजे पर्सा वीरगन्ज महानगरपालिका-२७ रामपुरबाट एम्बुलेन्ससहित तीन जनालाई पक्राउ गरिएको पन्तले बताइन् ।
Sponsored
उक्त गाँजा पर्सा बहुदरमाई-५ भौराट्टारतिर लगिँदै थियो ।
उक्त गाँजा भारततर्फ तस्करी गर्न लागिएको थियो । पक्राउ परेकामथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।