रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीले दिए राजीनामा
टुडेपाटी-
जनकपुरधाम, जेठ २८ गते ।
रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् ।
मंगलबार सञ्चार तथा सूूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्कीले राजीनामा पत्र बुझाएका हुन् ।
२०६९ मंसिर १९ गतेदेखि पहिलो कार्यकालको चार वर्ष पूरा गरेका कार्की पुनः २०७३ माघ ६ गतेदेखि अर्को कार्यकालका लागि पनि नियुक्त भएका थिए । तर कार्यकाल पूरा हुनुभन्दा सात महिना अगाडि नै कार्कीले राजीनामा दिएका छन् ।
उनले आफ्नो राजीनामा पत्रमा स्वेच्छाले पदबाट राजीनामा दिएको पत्रमा उल्लेख छ ।
Sponsored