TodayPati

कोरोनाबाट मृत्यु भएका युवकको सम्पर्कमा आएका ३० जनामा कोरोना पुष्टि

टुडेपाटी-
अर्घाखाँची, जेठ २६ गते ।

कोरोना संक्रमणबाट मत्यु भएका एक युवकको सम्पर्कमा आएका ३० जनामा कोरोना पुष्टि भएको छ । भारतबाट फर्किने क्रममा बाटोमै मृत्यु भएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका युवकको सम्पर्कमा आएका ३० जनामा कोरोना देखिएको हो ।

युवकको जेठ १० गते घर फर्किने क्रममा भारतमै मृत्यु भएको थियो । उनको कपिलवस्तुमा पोस्टमार्टम्म गरिएको थियो । पोष्टमार्टमका क्रममा उनको स्वाब संकलन गरी भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । तर कोरोना संक्रमणको रिपोर्ट आउनु अगाडि नै मृतकको अन्त्येष्टि समेत गरिएको थियो ।

Sponsored

उनको सम्पर्कमा आएकाहरुको पहिचान गरी परीक्षण गर्ने क्रममा ३० जनामा संक्रमण पुष्टि भएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय पौडेलले जानकारी दिए ।

मृतकमा कोरोना संक्रमण पुष्टि भएपछि भारतबाट सँगै आएका, मृतकको शव बोकेका र उनको सम्पर्कमा रहेका ५० जनाको थ्रोट स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो । उनीहरु मध्ये ३० जनामा संक्रमण पुष्टि भएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *