TodayPati

कोरोनाबाट मृत्यु भएको युवकको सम्पर्कमा आएका ३० जनामा संक्रमण पुष्टि


टुडेपाटी-

काठमाडौँ, जेठ २६ गते ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएका एक युवकको सम्पर्कमा आएका ३० जनामा संक्रमण पुष्टि भएको छ ।

Sponsored

गत जेठ १० गते मृत्यु भएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका युवकको सम्पर्कमा आएका ३० जनामा संक्रमण पुष्टि भएको हो ।

भारतबाट मजदुरी गरी फर्कने क्रममा उनको बाटोमै मृत्यु भएको थिये । उनको सम्पर्कमा आएकाहरुको पहिचान गरी परीक्षण गर्ने क्रममा ३० जनामा संक्रमण पुष्टि भएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय पौडेलले जानकारी दिए ।

घर फर्कने क्रममा भारतमै मृत्यु भएका युवकको कपिलवस्तु ल्याएर पोस्टमाटर्म गरिएको थियो । पोष्टमार्टमका क्रममा उनको स्वाब संकलन गरी भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । तर कोरोना संक्रमणको रिपोर्ट आउनु अगाडि लापारबाही पुर्वक मृतकको अन्त्येष्टि समेत गरिएको थियो ।

Sponsored

मृतकमा कोरोना संक्रमण पुष्टि भएपछि भारतबाट सँगै आएका, मृतकको शव बोकेका र उनको सम्पर्कमा रहेका ५० जनाको थ्रोट स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो । उनीहरु मध्ये ३० जनामा संक्रमण पुष्टि भएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *