लकडाउनमा अस्पतालले कर्मचारीलाई जागिरबाट निकालेपछि शरिरमा लगाए आगो
टुडेपाटी
अछाम, जेठ २६ गते ।
लकडाउनका कारण जागिरबाट हटाइएपछि अस्पतालका एक कर्मचारीले आत्महत्याको प्रयास गरेका छन् ।
अछामस्थित बयलपाटा अस्पतालका एक सफाई कर्मचारीले शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन् । साँफेबगर नगरपालिका ६ भागेश्वरका सिद्धार्थ आउजीले सोमबार अस्पतालमै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् ।
थप उपचारका लागि उनलाई हेलिकोप्टरमार्फत कोहलपुर लगिएको छ। उनको शरीर नराम्रोसँग जलेको अस्पातलका एकजना कर्मचारीले जानकारी दिए ।
बयलपाटा अस्पतालले दाताहरुबाट रकम कटौती हुँदै आएपछि कर्मचारी पाल्न नसक्ने भन्दै ३२ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाइदिएको छ। त्यसको चौतर्फी विरोध भइरहेको छ ।
कर्मचारी हटाइएको सूचीमा सिद्धार्थ समेत रहेका छन्। उनलाई दुई महिना अगाडि नै हटाइएको पत्र दिइएको थियो । उनको पुरानो नियुक्ति सकिन अझै दुई महिना बाँकी रहेको बताइएको छ।
Sponsored
यता बयालपाटा अस्पतालले भने आर्थिक अभाव भएको भन्दै कार्यसम्पादनको आधारमा कर्मचारी हटाएको जानकारी दिएको छ।