TodayPati

नयाँ दिल्लीमा भोकले महोत्तरीका एक नेपाली युवकको मृत्यु

टुडेपाटी-
महोत्तरी, जेठ २३ गते ।

भारतको नयाँ दिल्लीमा भोकले एक नेपाली किशोरको मृत्यु भएको छ ।

नयाँ दिल्लीको एक सिलाई कारखानामा काम गर्दै आएका महोत्तरीको मनरासिसवा नगरपालिका ८ सहसरामका १६ वर्षीय रोस्तम अन्सारीको खान नपाएर मृत्यु भएको छिमेकी रमेशकुमार साहले जानकारी दिए । 

Sponsored

रोस्तमसँगै उनका छिमेकी इन्ताज अन्सारी र मेहबुब अन्सारी तीन वर्षदेखि उक्त सिलाइ कारखानामा कार्यरत्त थिए । 

गएको मंगलबार राति भोकले नै सहकर्मी रोस्तमको मृत्यु भएपछि उनका छिमेकी दुई युवक भागेर नयाँ दिल्लीबाट ट्रेन समातेर घरको लागि हिँडेको घरमा फोन गरी जानकारी गराएका छन्  ।

मृतक युवक रोस्तमका बुबा अन्बर अन्सारीको केही वर्ष अघि ट्रक दुर्घटनामा मृत्यु भएको थियो । घरमा रोस्तमका आमा र १२ वर्षका १ भाई मात्र छन् । छोराको मृत्युको खबरले अामा मर्माहत भएकी छन् । घरको सहारा एक छोराको मृत्युले उनको जीवन बिचल्लीमा परेको स्थानीयले जनाएको छ । विपन्नताको कारण छोरा मजदुरी गर्न नयाँ दिल्ली पुगेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *