TodayPati

सिरहा : थुनाबाट भागेका रामअशिष ६ महिनापछि पक्राउ

नितेश यादव-
जनकपुरधाम, जेठ १७ गते ।

सिरहामा लागुऔषध मुद्दामा थुनाबाट फरार भएका एकजना पुनः पक्राउ परेको छ । इलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहाको हिरासत कक्षमा रहेका लागुऔषध मुद्धाका अभियुक्त शुक्रबार पक्राउ परेको हो ।

पक्राउ पर्नेमा सिरहाको लाहान नगरपालिका २२ बस्ने ३१ वर्षीय रामअशिस यादव छन् ।
गएको मंसिर १४ गते यादव ईलाका प्रहरी कार्यालय महेशपुरपतारको हिरासत कक्षबाट फरार भएको थियो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटेको सादा पोशाकको प्रहरी टोलीले उनलाई सिरहा नगरपालिका १५ स्थित ससुराली घरमा लुकीछिपी बस्दै आएको खबर पाएछि शुक्रबार पक्राउ गरेको सिरहाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई राखिएको छ ।

Sponsored

यादवले हिरासत कक्षमा रहेको अन्य थुनुवाहरुलाई भाग्न उक्साउने मुख्य व्यक्ति रहेको डिएसपी घिमिरेले बताए । यसबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

नितीश यादव

उहाँ टुडेपाटीका समाचारदाता हुनुहुन्छ । facebook भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *