TodayPati

सहयोगी बैंक सिटिजन्स बैंकमा बिलय हुन बोलायो साधारणसभा

टुडेपाटी-
जनकपुरधाम, जेठ १७ गते ।

सहयोगी विकास बैंकले आफ्नो १६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । सहयोगी विकास बैंक सिटिजन्स बैंक इन्टरनेशनल लि.संग बिलय हुने प्रस्ताव गर्ने उद्देश्य सहित अगामी जेठ २४ गते साधारणसभा अह्वान गरेको हो ।

जेठ २४ गगते दिनको २ बजे सहयोगी विकास बैंकको केन्द्रिय कार्यालय जनकपुरको प्रांगणमा साधारणसभा आह्वान गर्ने निर्णय गत जेठ १५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले निर्णय गरेको थियो ।

Sponsored

यसअघि समितिले १० चैत २०७६ मा साधारणसभा बोलाइए पनि कोरोना महामारी फैलिन नदिन सरकारले गरेको लकडाउन एवं भेला हुन गरेको प्रतिवन्धको कारण स्थगित गरेको थियो ।
अहिले नेपाल राष्ट्र बैंकले डिजिटल प्रविधि मार्पmत साधारण सभा गर्न र सो साधारण सभामा डिजिटल प्रविधि मार्पmत पनि संचालक एवं शेयरधनीहरुले सहभागीता जनाउन सक्ने स्विकृती दिएको कारणले यो साधारण सभा गर्न लागेको प्रमुख कार्यकारी अधिकृत सुन्दर खडकाले जानकारी दिए ।

आफ्ना शेयरधनीहरुलाई वर्तमान अवस्थाको मध्यनजर गर्दै सम्भव भएसम्म डिजिटल प्रविधि मार्पmत सभामा सहभागिता जनाउन बैंकले आग्रह गरेको छ । प्रत्यक्ष सहभागिताको लागि भने शेयरधनीहरुलाई कोभिड १९ बाट बच्न अपनाउनु पर्ने सावाधानीका सबै किसिमको उपायहरु अबलम्बन गर्नुपर्ने प्रमुख कार्यकारी अधिकृत खड्काको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *