TodayPati

इलाम क्षेत्र नं. २ को उप निर्वाचनमा एमालेका सुहाङ नेम्वाङ विजयी

टुडेपाटी-
जनकपुरधाम, वैशाख १८ गते ।

इलाम क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको उप निर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् ।

नेम्वाङले २७ हजार ७७२ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादर खड्काले २१ हजार ९४२ मत पाएका छन् ।

Sponsored

उक्त क्षेत्र नेकपा एमाले संसदीय दलका उपनेतासमेत रहेका सुवास नेम्वाङ निधन पछि रिक्त थियो । नेम्वाङको २६ भदौ २०८० भदौ २६ गते निधन भएपछि निर्वाचन आयोगले २०८१ वैशाख १५ गते उपनिर्वाचनमा मिति तोक्यो । जसमा नेकपा एमालेले नेम्वाङकै कान्छा छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गर्‍यो ।

२०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा इलाम २ बाट सुवासचन्द्र नेम्वाङले निकटतम् प्रतिद्वन्द्वी डम्बरबहादर खड्कालाई ११४ मतान्तरले पराजित गरेका थिए ।

उपनिर्वाचनमा सुहाङले पनि बुवासँगै चुनावी प्रतिस्पर्धा गरेका उनै खड्कालाई निकटतम् प्रतिद्वन्द्वी पाए । तर, यतिबेला उनले बुवा सुवास नेम्वाङको तुलनामा मतान्तर भने फराकिलो बनाएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *