TodayPati

जटही नाकामा मृत्यु भएका युवकको परिवारलाई सहिद नगरपालिकाको १ लाख राहत

टुडेपाटी-
जनकपुरधाम, जेठ १६ गते ।

भारतको गुजरातबाट घर फर्किने क्रममा धनुषाको जटही नाकामा मृत्यु भएका युवकको परिवारलाई धनुषाको सहिदनगर नगरपालिकाले एकलाख रुपैयाँ राहत दिने भएको छ । मृतक धनुषाको सहिदनगर नगरपालिका ९ का ३० वर्षीय विरेन्द्र यादवका परिवारलाई क्रिया खर्च स्वरुप एकलाख रुपैयाँ नगरपालिकाले दिने नगरप्रमुख उदय बरबरिया यादवले जानकारी दिए ।

नगरपालिकाले मृतक आत्माको चिरशान्तिको कामना दर्गै मृतक परिवारजनप्रति गहिरो संवेदन प्रकट समेत गरेको छ ।
विरेन्द्र यादवको गएको बुधबार बिहान जटही नाकामा मृत्यु भएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *