TodayPati

रौतहटमा संक्रमितलाई उपचारको लागि लग्न खोज्दा अवरोध, पहरीले गरे हवाई फायर

टुडेपाटी-
रौतहट, जेठ १६ गते ।

रौतहटको इशनाथ नगरपालिका ७ स्थित रहेको क्वारेन्टाइनबाट उपचारको लागि संक्रमितलाई लग्न अवरोध गरेपछि प्ररहीले हवाई फायर गरेको छ ।
रौतहटको इशनाथ नगरपालिका ७ स्थित क्वारेन्टाइनमा १६ जना संक्रमितमध्ये दुई जनालाई लिन पुगेको टोलीलाई स्थानीयले अवरोध गरेका थिए । यसअघि १४ जनालाई बिहीबार साँझ लगिएको थियो ।
नगर प्रमुख सन्तोष मेहेताका अनुसार उक्त क्वारेन्टाइनमा ३ सय जना रहेको। उनीहरु सबै भारतबाट फर्किएका हुन् । संक्रमितलाई प्रहरी अस्पतालमा निर्माण गरिएको आइसोलेसनमा पठाइने मेहेताले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *