महोत्तरीमा एक युवकको शव अर्धनग्न अवस्थामा फेला, हत्याको आशंका
टुडेपाटी
जनकपुरधाम, माघ ८ गते ।
महोत्तरीमा एक युवकको शव अर्धनग्न अवस्थामा फेला परेको छ । महोत्तरीको सोनमा गाउँपालिका– २ बस्ती छेउमा स्थानीय पूर्वगाविस अध्यक्ष गोकुल यादवका २९ वर्षीय छोरा ज्ञानेन्द्र भनिने ज्ञानु यादव रहेको शव फेला परेको हो ।
आज बिहान शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थिए । घटना र शवको प्रकृति हेर्दा कसैले घाँटी थिचेर हत्या गरी फालेको प्रहरीको आशंका छ ।
घटनास्थलको तालिम प्राप्त कुकुर टोलीसमेतले अनुसन्धान गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नन्दकुमार चौहानले बताए ।