TodayPati

तराई मधेका थोरै स्थानमा हुस्सु कुहिरो

टुडेपाटी-
जनकपुरधाम, माघ १८ गते ।

आज बिहान पनि तराईका थोरै स्थानहरुमा हुस्सु कुहिरो लागेको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लागे पनि बाँकी भूभागमा मौसम सफा छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य मात्रै प्रभाव छ । आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राति कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

विभागले शनिबार बिहान पनि तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *