कुम्भ मेलाबाट फर्किरहेका पाँच नेपालीको मृत्यु, तीनजना महोत्तरीका
टुडेपाटी-
जनकपुरधाम, माघ १९ गते ।
भारत उत्तर प्रदेशको प्रयागराजमा लागेको कुम्भ मेलाबाट फर्किंदै गरेका पाँच नेपालीको सवारी दुर्घटनामा मृत्यु भएको छ। नेपाल फर्किंदै गरेको स्कारपिओ गाडी आज साँझ भारतको मुजफ्फरपुरमा दुर्घटनाग्रस्त हुँदा पाँच नेपालीको ज्यान गएको हो।
भारतीय प्रहरीका अनुसार दुर्घटनामा अन्य चारजना गम्भीर घाइते भएका छन्। घटनाबारे जानकारी पाएको महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले तीन मृतकको परिचय खुलेको जानकारी दिए।
मृत्यु हुनेहरूमा जलेश्वर नगरपालिका–७ अंकारका बालकृष्ण झा र उनकी श्रीमती इन्दु देवी, तथा मनरा सिसवा नगरपालिका–२ कट्टीकी जगतारण देवी रहेको पुष्टि भएको छ । अन्य दुईजनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यस दुर्घटनामा ३० वर्षीय मनोहर ठाकुर, २५ वर्षीया कामिनी झा, ७ वर्षीया सृष्टि ठाकुर र ५० वर्षीय जगतारण देवी गम्भीर घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ।