TodayPati

जनकपुर नाइट्सले जित्यो नेपाल कबड्डी लिगको पहिलो उपाधि

टुडेपाटी-
जनकपुरधाम, माघ १८ गते ।

जनकपुर नाइट्सले अपराजित यात्रासहित नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो उपाधि जित्न सफल भएको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सम्पन्न रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनलमा जनकपुरले काठमाडौँ माभरिक्सलाई ४५–४१ को झिनो अन्तरले पराजित गर्दै च्याम्पियन बन्ने गौरव हासिल गरेको हो ।

जनकपुरले लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै पाँच खेलमध्ये चार जित र एक बराबरी खेलेको थियो। क्वालिफायर वानमा विराटनगर ब्यान्डिट्सलाई पराजित गरेपछि फाइनलमा काठमाडौँलाई हराउँदै सात खेलसम्म अपराजित यात्रालाई कायम राख्दै जनकपुरले उपाधि जित्यो ।

फाइनल खेलको पहिलो हाफमा जनकपुरले २५–१९ को अग्रता लिएको थियो। दोस्रो हाफमा काठमाडौँले उत्कृष्ट पुनरागमन गर्दै खेल ३४–३४ को बराबरीमा पुर्याएर अग्रता लिन सफल भए पनि अन्तिम क्षणमा जनकपुरले पुनः लय समात्दै जित सुनिश्चित गरेको छ ।

काठमाडौँले दोस्रो हाफमा २२–२० को अग्रता लिए तापनि निर्णायक क्षणमा सम्हालिन नसक्दा उपाधि गुमाउन पुग्यो ।

च्याम्पियन बनेको जनकपुर नाइट्सले नगद ५ लाख रुपैयाँसहित आकर्षक ट्रफी हात पार्यो भने उपविजेता काठमाडौँ माभरिक्सले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *