TodayPati

धनुषाबाट नक्कली डिएसपी पक्राउ

टुडेपाटी-
जनकपुरधाम, माघ १९ गते ।

आफूलाई नेपाल प्रहरीका डिएसपी भन्दै ठगी गरेको आरोपमा धनुषाबाट एक युवक पक्राउ परेका छन् ।

सिरहाको लाहान नगरपालिका २० बस्ने ३० वर्षीय दिपक भनिने धनिकलाल साहलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

उनलाई धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ बाट पक्राउ गरेको प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।

उनका अनुसार दिपकले डिएसपी भन्दै ५० हजार रुपैयाँ ठगी गरेको भन्ने जाहेरीको आधारमा पक्राउ गरिएको हो । दिपकलाई ठगी कसुरमा धनुषा जिल्ला अदालतबाट म्याद थप लि अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *