TodayPati

महोत्तरीका अनिललाई कतारमा गोली हानेर मृत्युदण्ड दिइयो, यस्तो थियो उनको अपराध

टुडेपाटी
जनकपुरधाम, जेठ ८ गते ।

कतारमा महोत्तरीको औराही नगरपालिका–१ का अनिल चौधरीलाई मृत्युदण्ड दिइएको छ । वैदेशिक रोजगारीको क्रममा कतार पुगेका चाधरीलाई गोली हानेर मृत्युदण्ड दिइएको हो ।

कतारमा नेपाली नागरिकलाई मृत्युदण्ड दिएको यो पहिलो घटना हो । कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको ठहर गर्दै चौधरीलाई मृत्युदण्डको फैसला सुनाइएको थियो ।

Sponsored

तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो । उनलाई माफी दिनको लागि पीडित परिवारले अस्वीकार गरेको थियो ।

मृत्युदण्डको कार्यान्वयन गर्नु एकदिन अगाडि मात्रै कतारले नेपाली दूतावासलाई जानकारी दिइएको थियो । सूचना पाएलगत्तै दूतावासले परराष्ट्र मन्त्रालयलाई मृत्युदण्डको कार्यान्वयन रोक्नका लागि पत्र पठाएको थियो ।

चौधरीले कतारी नागरिक अल नुएमीलाई खुकुरी प्रहार गरी हत्या गरिएको अदालतको फैसलामा उल्लेख छ । उनले नुएमीमाथि दर्जनौं पटक खुकुरी प्रहार गरेको उल्लेख छ ।

Sponsored

हत्या गरेको अभियोगमा उनलाई सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए ।

उनको शव स्थानीय अस्पतालमा राखिएको छ । उनको शवलाई नेपाल पठाउनको लागि कतारी प्रशासनले अनुमति दिएको छ ।

चौधरी २०१५ अगष्ट २७ गते कतार गएका थिए । उनी कार धुने कम्पनीमा सामान्य मजदुरको हैसियतमा काम गर्थे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

2 thoughts on “महोत्तरीका अनिललाई कतारमा गोली हानेर मृत्युदण्ड दिइयो, यस्तो थियो उनको अपराध

  • May 21, 2020 at 5:33 pm
    Permalink

    साधारण मजदूरी गर्ने ले यस्तो बिदेशमा हत्या जस्तो अपराध गर्न सक्दैन उसलाई जबरदस्ती कसैले फसाइएको होला

    Reply
  • May 23, 2020 at 9:30 am
    Permalink

    मज्दुरी गर्नेले कहिले पनि अरुको देशमा गएर आम नागरिकलाइ हत्या गर्ने कलपना समेत गर्दैन…
    अरबिक देशमा जानु अघि सबै नियम कानुन जानकारी दिइएको हुन्छ मेनपावरले तसर्थ हामी नेपालीले कहिले पनि अरुको हत्या गर्न सक्दैनौ उनलाइ फसाउन सक्छ अदालत न हो झुठो लाई साचो र साचो लाई झुठो बनाउने वकिल को धन्दा हो…

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *