TodayPati

लकडाउनमा घरमै नमाज पढेर ईद मनाउन मुस्लिम समुदायलाई प्रहरीको आग्रह

टुडेपाटी-
जनकपुरधाम, जेठ ८ गते ।

मुस्लिम धर्माबलम्बीहरुलाई ईदुलफित्र (ईद) पर्वको नमाज घरमै पढ्न प्रहरीले आग्रह गरकोको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार एक विज्ञप्ती जारी गर्दै कोरोना संक्रमणको महामारीबाट बच्न सरकारले गरेको लकडाउनलाई पालना गरी ईदको नमाज मस्जिद, ईदगाहमा गएर नपढी आ–आफ्नो घर भित्रै पढी ईद मनाउन मुस्लिम समुदायलाई आग्रह गरको हो ।

‘कोरोना भाइसको संक्रमणबाट वचनको लागि नेपाल सरकारबाट लक डाउन समेत जारी गरिएको हुँदा मुस्लिम धर्मावलम्बीहरुले मनाउने ईदुलफित्र (ईद) पर्वको नमाज मस्जिद, ईदगाहमा नपढी आ(आफ्नो घर भित्रै पढी पर्व मनाउन सक्रिय सहयोग एवं समन्व्यका लागि हार्दीक अनुरोध साथै यो सुचना बाट ईदुलफित्र (ईद) पर्वका श्रद्धालु तथा भक्तजनहरुमा पर्न गएको पिडाप्रति जिल्ला प्रहरी कार्यालय धनुषा छामाप्राथी छौं ।’ जिल्ला प्रहरी कार्यालय धुनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जारी गरेको सूचनामा उल्लेख छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *