TodayPati

जनकपुरबाट दुई सय २१ किलो गाँजासहित एकजना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, कार्तिक ११ गते ।

जनकपुरधामबाट दुई सय २१ किलो गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको भिमफेदी गाउँपालिका २ बस्ने २४ वर्षीय प्रकाश लुङ्गवा रहेका छन् ।

उनलाई वडा प्रहरी कार्यालय मुजेलियाबाट खटेको प्रहरी टोलिले शनिबार साँझ बाबा आयलस सेन्टर नजिकबाट पक्राउ गरेको हो ।

Sponsored

प्रहरीले ना. ५ ख १७७ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा फल्स बटन बनाई लुकाई छिपाई राखेको १६ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

चालक प्रकाशलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *