TodayPati

बारामा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या

टुडेपाटी
जनकपुरधाम, कार्तिक ११ गते ।

बारामा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या भएको छ ।

महागढीमाई नगरपालिका–१ नैकाटोलमा स्थानीय ५० वर्षीय श्रीनारायण यादवको अज्ञात हतियारधारीले हत्या गरेको हो ।

Sponsored

बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाका अनुसार शनिबार राति करिब ८ बजे घर नजिकैको सडकमा उनीमाथि गर्धनमा धारिलो हतियार प्रहार भएको थियो । उनको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा मृत्यु भएको डिएसपी सापकोटाले बताए ।

हत्याबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *