TodayPati

पहिरोमा थिचिएका बालकलाई उद्धार गर्ने इन्सपेक्टर सत्रुधन सम्मानित

टुडेपाटी-
जनकपुरधाम, असोज २९ गते ।

नेपाल प्रहरीको ६९औं स्थापना दिवसको अवसरमा उत्कृष्ट विपद व्यवस्थापन तर्फ प्रहरी निरीक्षक सत्रुधन महतो सम्मानित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखामा कार्यरत्त प्रहरी निरीक्षक महतोलाई प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले प्रशंसा-पत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

Sponsored

मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा प्रहरी निरीक्षक महतोसहित विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रंसंशा पत्र मार्फत सम्मान गरिएको छ ।

गत असोज १२ गते अबिरल वर्षाको कारणले खसेको पहिरोले घर पुरिँदा त्यस भित्र थिचिएर रोइ रहेका दोलखाको भीमेश्वर नगरपालिका–६ मैदानेका एक दुई वर्षीय बालकलाई समयमै पुगेर प्रहरी निरीक्षक महतो सकुशल उद्धार गरेका थिए । जसको भिडियो भाइरल भएको थियो भने उनको चौतर्फी प्रशंसा भएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *