TodayPati

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेक्टर पदका लागि निकालेको विज्ञापन त्रुटिपूर्ण रहेको दावी

टुडेपाटी-
जनकपुरधाम, असोज २९ गते ।

जनमत पार्टीका जनकपुरधाम नगर अध्यक्ष रञ्जित रायले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेक्टर पदका लागि प्रकाशित विज्ञापन त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई सच्याउन माग गरेका छन् । उनले आज जनकपुरधाममा पत्रकार सम्मेलन गरेर त्रुटि भण्डाफोर गर्नुको साथै मधेश सरकारलाई ज्ञापनपत्र समेत बुझाएको बताए ।

प्रतिष्ठानले विज्ञापनमा मापदण्डहरू नियोजित रूपमा व्यक्तिविशेषलाई फाइदा पुग्ने गरी निर्धारण गरिएको आरोप उनको छ ।

Sponsored

प्रतिष्ठानको रेक्टर पदका लागि आवश्यक मापदण्ड स्पष्ट रूपमा उल्लेख नगरी अनियमित प्रक्रियामा विज्ञापन गरिएको पत्रकार सम्मेलनमा दावी गरे । जनकपुर प्रादेशिक अस्पतालका पूर्व निर्देशक समेत रहेका डा. रामनरेश पण्डितको नाम जोड्दै रायले गलत प्रक्रियाबाट प्राध्यापकको प्रमाणपत्र प्राप्त गरेको आरोप लगाए ।
अस्पतालको निर्देशक पदमा रहँदा अनियमितता गरेको दावी गर्दै रायले कारबाही सिफारिस भएको व्यक्तिलाई रेक्टर बनाउन नै प्रतिष्ठानले त्रुटिपूर्ण विज्ञपन गरेको दावी गरे ।

रायले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्तो महत्वपूर्ण संस्थामा विवादित र नियत खराब भएका व्यक्तिलाई रेक्टर पदमा नियुक्त गर्न खोजिएको भन्दै यसले संस्थाको गरिमा र भविष्यलाई ओझेलमा पार्न सक्ने बताए ।

प्रदेश सरकार मुख्यमन्त्रीलाई यो विषयमा गम्भीर ध्यानाकर्षण गर्न आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा प्रादेशिक अस्पतालका पूर्व मेसु डा. रामपरीक्षण यादव लगायतको उपस्थिति थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *