TodayPati

महोत्तरीबाट स्रोत नखुलेको झण्डै १२ लाख रुपैयाँसहित एकजना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, असोज १६ गते ।

महोत्तरीबाट स्रोत नखुलेको झण्डै १२ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका ६ सम्सीका ४२ का शेष हसमत अली रहेका छन् ।

प्र ०२–००५ प ५९९५ नम्वरको मोटरसाइकलमा सवार अलीलाई महोत्तरीको मनरासिस्वा नगरपालिका ६ भोल्ही चौकमा चेकजाँच गर्दा उनको साथबाट ११ लाख ८१ हजार ३ सय रुपैयाँ बरामद भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।

Sponsored

उनीमाथि हुण्डी कारोबार मुद्दा शिर्षकमा महोत्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *