TodayPati

जलेश्वरको एक टेन्ट हाउसमा आगलागी

टुडेपाटी
जनकपुरधाम, असोज ११ गते ।

जलेश्वरको दुर्गाचोकमा रहेको एक टेन्ट हाउसमा आगलागी भएकोे छ ।

जलेश्वर नगरपालिका २ का अरविन्द साहको टेन्ट हाउसमा ग्यास सिलिन्डर विष्फोट भएर आगलागी भएको हो ।

Sponsored

जलेश्वर, मटिहानी र रामगोपालपुर नगरपालिकाको बरूणयन्त्र तथा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले आगो नियन्त्रणमा लिएको छ ।

आगलागीले घरमा राखिएको टेन्टका सामानहरु जलेर क्षति भएको छ ।

आगलागीको कारण र क्षति बारे एकिन विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी नायव उपरीक्षक सन्तु लाल प्रसाद जैसवारले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *