TodayPati

सप्तकोशी नदीमा खसेको बसबाट सबै यात्रुको सकुशल उद्धार

टुगेपाटी-
जनकपुरधाम, असोज १० गते ।

आज साँझ कोशीब्यारेजबाट सप्तकोशी नदीमा खसेको बसमा सबार सबै यात्रुको सकुशल उद्धार गरिएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीले बसमा सबार २० जनाको उद्धार गरि नजिकको अस्पतालहरुमा उपचार भइरहेको बताए ।

Sponsored

‘चालक र अन्य यात्रुसँग सोधपुछ गर्दा २० जना मात्र सबार रहेको बुझियो । तर पनि हामीले अझै खोजविन जारी राखेका छौं । उद्धार गरिएकाहरु सबै सकुशल हुनुहुन्छ । चोटपटक लागेर स्थानीय अस्पतालहरुमा उपचारको लागि भर्ना गरिएको छ’, प्रजिअ मगरातीले भने ।

आज साँझ बिराटनगरबाट उदयपुरको गाइघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस कोशी ब्यारेज पुलको ३५ नम्बर ढोकाबाट नदीमा खसेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *