TodayPati

धनुषाधामको पोखरीमा डुबेकी बालिका मृत फेला

टुडेपाटी-
जनकपुरधाम, असोज ९ गते ।


धनुषाको धनुषाधाममा पोखरीमा डुबेर एक बालिका बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ ।

धनुषाधाम नगरपालिका – ३ स्थित रहेको पोखरीमा स्थानीय बिकाउ मण्डलकी १३ वर्षीया छोरी चन्द्रिका मण्डल सोमबार मंगलबार नुहाउने क्रममा डुबेर बेपत्ता भएकी थिइन् ।

Sponsored

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार हिजो दिउँसोदेखि नै उनको खोजीकार्य गरेपनि साँझसम्म फेला परेको थिएन । बिहान शव पानीमाथि तैरिएको अवस्थामा फेला परेको हो ।


शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *