TodayPati

धनुषा प्रहरीको हिरासतबाट ९ थुनुवा फरार घटना छानबिन गर्न दुईवटा समिति गठन

टुडेपाटी-

जनकपुरधाम, असोज ८ गते ।

धनुषा प्रहरीको हिरासतबाट ९ जना थुनुवा फरार घटना छानविन गर्न मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपी सुरेन्द्र गुरुङ्को नेतृत्वमा पाँच सदस्य समिति गठन गरेको छ ।
आज साँझ एसएसपी गुरुङ्को नेतृत्वमा गठन गरेको समितिमा एसपी सुवासचन्द्र बोहरा लगायत छन् ।

Sponsored

कार्यालयका प्रवक्ता समेत रहेका समितिका सदस्य एसपी बोहराले घटनाको छानबिन सुरु गरिसकेको बताए । १५ दिन भित्र छानबिन गरी प्रतिवेदन बुझाइने उनको भनाइ छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय धनुषाले पनि डिएसपी रञ्जन अवाको कमाण्डमा पाँच सदस्य छानविन समिति गठन गरेको छ । आइतबार राति जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको शौचालयको भेन्टिलेशन काटेर ९ जना थुनुवा फरार भएका थिए । जस मध्ये सातजनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *