TodayPati

मधेशको गृह मन्त्रालयमा मुख्यमन्त्री सिंहको छड्के, स्वीकृति बिनै बिदामा कर्मचारी

टुडेपाटी-
जनकपुरधाम, असोज ९ गते ।

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश सिंहले आफ्नै मातहतको गृह मन्त्रालयको छड्के अनुुगमन तथा निरीक्षण गरेका छन् ।

मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले बुधबार दिउँसो पौने ५ बजे गृह मन्त्रालयको छड्के अनुुगमन तथा निरीक्षण गरेको हो ।

Sponsored

गृह मन्त्रालयका कर्मचारीहरुमा लापरबाही बढेको तथा सेवा प्रवाहमा दुःख दिने गरेको जन गुनासो बढेपछि मुख्यमन्त्री सिंहको कार्यालयले अचानक निरीक्षण गरेको जनाइएको हो ।

अनुुगमनका क्रममा गृह मन्त्रालयका कर्मचारीहरुमा चरम लापरबाही रहेको पाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री सिंह भन्छन्, ‘सरकारको कमाण्डरको नाताले पछिल्लो समय बारम्बार छड्के निरीक्षण गरिरहेको छु, जनताको काम चाँडै होस भन्ने मेरो चाहना छ । तरपनि कर्मचारीहरुमा अझ सुधार आएको छैन । अरुलाई कानुनको पाठ सिकाउने गृह मन्त्रालयका कर्मचारीहरु नै अनुशासनहिन देखिएका छन् ।’

Sponsored

उनका अनुसार गृह मन्त्रालयका कर्मचारीमा खासगरी कार्यालय समयमा उपस्थित नहुने, हाजिरी गरेर बेपत्ता हुने जस्ता समस्या देखिएका छन् । ‘साथै बिना जानकारी बाहिर निस्किने, बाहिर जाँदा लगबुकमा कारण नखुलाउने प्रवृति छ, स्विकृती बिनै बिदामा बसिदिने जस्ता समस्याहरु फेला परेका छन्,’ उनले भने ।

बुधबारको निरीक्षणमा गृह मन्त्रालयमा देखिएको समस्याप्रति मुख्यमन्त्री कार्यालयको गम्भरि ध्यानाकर्षण भएको जानकारी दिएको छ ।

मुख्यमन्त्री सिंहले भने, ‘अब जनताको काममा ढिलाइ गर्ने कर्मचारीलाई माया गरिदैन, कारबाही गरिन्छ । ढुक्क भए हुन्छ मनपरी गर्नेलाई कारबाहीको दायरमा ल्याइनेछ ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *