जानकी एकेडमिक हस्पिलटमा दुरबिन प्रविधिबाट पत्थरीको अप्रेसन सेवा सुरु
टुडेपाटी-
जनकपुरधाम, भदौ २६ गते ।
महोत्तरीको रामगोपालपुरमा रहेको जानकी एकेडमिक हस्पिटलमा दुरबिन प्रविधिबाट पत्थरीको शल्यक्रिया सुरु भएको छ ।
पित्थ थैलीमा रहेको पत्थरीको बिनाचिरफार ल्याप्रोस्कोपीबाट अप्रेसन सुरु भएको हो ।
डा. अश्विनीकुमार यादव र डा. मनिषकुमार ठाकुरले ल्याप्रोस्कोपीबाट अप्रेसन सेवा सुरु गरेको अस्पताल प्रशासन प्रमुख संजय यादवले जानकारी दिए ।
योसँगै त्यस क्षेत्रका नागरिकलाई अब पित्तथैलीको अप्रेसन गराउन बाहिर जानुपर्ने बाध्यता हटेको छ ।
Sponsored