TodayPati

जनकपुरधाम-२४ का वडाध्यक्ष र सचिव साढे ४ लाख घुससहित अख्तियारको फन्दामा

टुडेपाटी-
जनकपुरधाम, भदौ २५ गते ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ का वडाध्यक्ष र वडासचिवसहित तीन जना ४ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । वडाध्यक्ष ५७ वर्षीय उपेन्द्र सहनी, वडा सचिव ५२ वर्षीय उपेन्द्र साह र कार्यालय सहयोगी ४५ वर्षीय विजय मण्डललाई रंगेहात पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलीले उनीहरुलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

Sponsored

अख्तियारका बर्दिबास कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङका अनुसार उनीहरूलाई वडा कार्यालय परिसरबाटै घुस लिँदै गर्दा नियन्त्रणमा लिइएको हो । घरबाटो प्रमाणित गर्ने कामका लागि सेवाग्राहीसँग घुस मागेको सूचना आएपछि टोलीले उनीहरूलाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *