TodayPati

धनुषामा मोटरसाइकलको ठक्करबाट स्कुलबाट फर्किरहेकी बालिकाको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, भदौ २५ गते ।

धनुषामा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। क्षिरेश्वरनाथ नगरपालिका–७ महादेवमण्ठकी ७ वर्षीया रचना यादवको विद्यालयबाट घर फर्किने क्रममा दुर्घटनामा परि ज्यान गएको हो।

प्रहरीका अनुसार आज बिहान साढे ९ बजेतिर दुर्गातुल्सी राष्ट्रिय आधारभूत विद्यालयबाट परीक्षा सकेर फर्किरहेकी रचनालाई तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको छ।

Sponsored

ठक्कर दिने मोटरसाइकल चालक घटनापछि फरार रहेका छन्। इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार फरार चालकको खोजी तीव्र रूपमा भइरहेको छ। बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *