TodayPati

शिव शक्ति माविको प्रांगणमा वृक्षारोपन

टुडेपाटी-
जनकपुरधाम, भदौ १७ गते ।

धनुषाको बटेश्वर गाउँपालिका ४ स्थिति शिवशक्ति माध्यमिक नमूना विद्यालय प्रांगणमा वृक्षारोपन गरिएको छ । आइतबार विद्यालय प्रांगणमा विभिन्न प्रजातिका वृक्ष तथा फलफूलका २५० वटा विरुवा रोपिएको प्रधानाध्यापक प्रमोदशरण केवटले जानकारी दिए ।

प्रधानाध्यापक केवटको अध्यक्षता तथा जिल्ला समन्वय समिति धनुषाका सभापति राजनारायण मण्डलको प्रमुख आतिथ्यमा भएको वृक्षारोपण भएको हो । विशिष्ट अतिथिको रुपमा गाउँपालिका अध्यक्ष रामअशिष महतो, उपाध्यक्ष फूलकुमारी सिंह रहेको सो समारोहमा वडा नं. ४ का वडाध्यक्ष निरज कार्की, जिल्ला वन कार्यालय धनुषाका कर्मचारी, स्थानीय भरभलादमी, शिक्षक विद्यार्थी लगायत वृक्षारोपणमा सहभागि भएका थिए ।

Sponsored

विरुवा जिल्ला वन कार्यालय धनुषाले निःशुल्क उपलब्ध गराएको थियो । ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *