TodayPati

मेयरको निर्देशनमा जनकपुरमा साँढेमाथि क्रुरता, घाइते र मारेर खोलामा फाल्ने गरेको खुलासा

टुडेपाटी-
जनकपुरधाम, भदौ १० गते ।

जनकपुरधामका नगरप्रहरीले साँढेलाई मरासन्न हुने गरी अचेत बनाएर बाहिर फाल्ने गरको घटना सार्वजनिक भएको छ । आइतबार बिहान धनुषाको मिथिला नगरपालिका २ नक्टाझिज स्थित बसही खोलाको किनारमा एउटा मृत र दुईवटा अचेत अवस्थामा साँढे फेला परेको थियो । त्यो साँढेहरु जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रहरीले कुटपिट तथा अचेत गरी टिपरमा लगेर फालेको खुलेको हो ।

स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको टोलि पुगेर फर्किएको थियो । मिथिला नगरपालिकाको पशु शाखका चिकित्सक पुगेर उपचार गरेपछि दुईवटा साँढे होसमा आएको हो । स्थानीय हिमायलय युवा क्लवका पदाधिकारीहरुले हेरबिचार गरिरहेको स्थानीय संचारकर्मी समेत रहेका विनोद महतोले बताए ।

Sponsored

शनिबार मध्यराति टिपरमा साँढे राखेर फाल्न गएको टिपरको फुटेज स्थानीय सिसीटीभी क्यामेरामा कैद छ ।
शनिबार मध्य राति तीनवटै साँढेलाई जनकपुरबाट उपमहानगरपालिकाका नगर प्रहरीले निर्दयी तरिकाले कुटपिट तथा नशालु सुई दिएर टिपरमा लोड गरी लगेको प्रत्यक्षदर्शीले बताएका छन् । त्यस क्रममा रोक्न खोज्ने एक स्थानीयलाई नगरप्रहरीले कुटपिट पनि गरेका हुन् ।

प्रत्यक्षदर्शी जनकपुरधाम उपमहानगरपालिका ४ का ३५ वर्षीय चन्दन मण्डलका अनुसार शनिबार राति पौने १२ बजेतिर जनकपुरधामको मुरलीचोक नजिक टिपरमालैजाँदै गरेको अवस्थामा टिपरबाट एउटा साँढे छटपटाएर तल खसेको थियो । त्यसलाई जनकपुर उपमहानगरको जेसिबी प्रयोग गरी उठाइरहेको देखेपछि उनले त्यसो नगर्न भन्दै मोबाइलमा भिडियो खिच्न खोज्दा उनीमाथि नगरप्रहरीले कुटपिट भएको हो ।

‘म घरतिर जाँदै थिएँ । बाटोमा टिपरबाट साँढे खसेको देखे । छटपटाइरहेको साँढेलाई जेसिबीले उठाएर टिपरमा हाल्न खोज्दा मैले रोक्न खोजे । नरोकेपछि मैले भिडियो बनाउन खोज्दा नगरप्रहरी ममाथि जाइलागे’ उनले त्यसबेलाको घटना सुनाए । त्यस बेला त्यहाँ जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी टोलि पनि पुगेको थियो । तर केही नगरी फर्केको उनले बताए । नगरप्रहरीहरुले मेयरको निर्देशन अनुसार काम गरिरहेको भनिरहेका थिए ।

Sponsored

पीडित मण्डलले आफूमाथि कुटपिट गर्ने नगरप्रहरीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन् ।
अर्का प्रत्यक्ष दर्शी मनोज चौधरीले साँढेलाई सुई लगाएर फाल्ने गरेको बताए । ‘नगरप्रहरीले निर्दयता साथ साँढेलाई कुटपिट गरी नशालु साई लगाएर टिपरमा राखेर बाहिर फाल्ने गरेको छ । धार्मिक नगरीमा यो तरिका ठीक होइन’ उनले भने ‘पशुमाथि यस्तो निर्दयतागर्नेहरुमाथि कारबाही हुनुपर्छ’

चारदिन अघि पनि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ७ जलाद खोलामा मरासन्न हुने गरी कुटपिट गरी अचेत अवस्थामा दुईवटा साँढे फेला परेको थियो । त्यो साँढे पनि जनकपुरबाटै टिपरमा लगेर फालेको हुन सक्ने आशंका छ ।

यस्तै सोमबार बिहान गौशाला नगरपालिका १ सडक सडक छेउको जंगलमा साँढे मृत र अर्को अचेत फेला परेको छ । यी साँढेपनि जनकपुरधाम उपमहानगरपालिकाले नै फालेको हुन सक्ने स्थानीयको शंका छ ।

जनकपुरमका मेयर मनोज साह घुमाउरो पारामा नगरप्रहरीमार्फत साँढेलाई व्यवस्थापन गर्न यस्तो शैली अपनाएको स्वीकारे । ‘गाईबाछोलाई गौशालामा राख्छौं । साँढेलाई के गर्ने ? यो विषयमा केहीदिनअघि डिइआइजी, एसपीसँग छलफल भएको थियो’ उनले भने ‘नगर प्रहरीले यस्तो गरेको हो भने अब हुन्न । म रोक्न निर्देशन दिन्छु । कुनै साँढे मरेको छ भने क्षमा चाहन्छु’

धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले साँढेलाई त्यसरी फाल्ने गरेको विषयमा आफूले जानकारी पाएको बताए ।
‘सँढेको विषयमा मैले जानकारी पाएको छु । त्यसरी नगर्न उपमहानगरलाई जानकारी गराएँ । उजुरी पनि आएको रहेछ । यो विषयमा अनुसन्धान गर्दै छु’ एसपी तिवारीले भने ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *