TodayPati

आज श्रीकृष्ण जन्माष्टमी, देशभर सार्वजनिक बिदा

टुडेपाटी-
जनकपुरधाम, भदौ १० गते ।

आज देशभर ’श्रीकृष्ण जन्माष्टमी’ पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। वैदिक सनातन धर्मावलम्बीहरूले भगवान श्रीकृष्णको पूजा–आराधना गर्दै यस पर्वलाई विशेष रूपमा मनाउने गर्दछन्।

पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा आज मेला लागेको छ। यस मन्दिरमा दर्शन गर्न राष्ट्रपति जाने परम्परा रहेको छ। राजधानीका अन्य विभिन्न स्थानहरूमा रहेका ठूला र साना श्रीकृष्ण मन्दिरहरूमा पनि भक्तजनहरूको भीड लाग्ने गरेको छ। काठमाडौंका विभिन्न धार्मिक संघ संस्थाहरूले यस अवसरमा झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने परम्परा छ।

Sponsored

ज्ञानयोग, कर्मयोग, र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मानिन्छ, जसका कारण आजको दिनलाई ’श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ’मोहरात्रि’ भनिन्छ। यस दिन देशभरका कृष्ण मन्दिरहरूमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन हुनेगर्छ। साथै, विशेष रूपमा महिला र पुरुषहरूले व्रत बस्दै रातभर जाग्राम बस्ने प्रचलन छ।

यस पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, र सभामुखलगायतका उच्च पदस्थ व्यक्तिहरूले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश प्रेषित गरेका छन्।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *