TodayPati

भैंसीले प्रतिकार गर्दा बाघको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, भदौ ६ गते ।

मकवानपुरको मनहरी गाउँपालिकामा भैंसीको प्रतिकारले बाघको मरको छ। बिहीबार बिहान मनहरी गाउँपालिका–६ प्रतापुरका बलबहादुर राईको गोठमा राखिएको भैंसीलाई बाघले आक्रमण गरेको थियो। भैंसीले प्रतिकार गर्दा बाघ मरेको प्रहरीले जनाएको छ।

आक्रमणको खबर पाएपछि बलबहादुर र छिमेकीहरू गोठमा पुग्दा बाघ मृत अवस्थामा फेला परेको र भैंसी घाइते भएको देखिएको थियो। इलाका प्रहरी कार्यालय मनहरी र पर्सा वन्यजन्तु आरक्षण सुरक्षा टोली घटनास्थलमा पुगेपछि बाघको शव गोठमा ढलेको र भैंसीको गर्दनबाट रगत बगिरहेको अवस्थामा भेटिएको छ।

Sponsored

प्रहरीका अनुसार बाघ वृद्ध भएको र भैंसीको प्रतिकारका कारण मरेको हुनसक्ने आशंका गरिएको छ। मृत बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा पोस्टमार्टम र थप अनुसन्धानका लागि लगिएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *